काठमाडौं। धनगढीको होटल साथीको पुरानो भवन भत्काएर करिब १ अर्ब रुपैयाँको लागतमा १४ कट्ठा जग्गामा सुविधा सम्पन्न र अत्याधुनिक नयाँ भवन निर्माण गरिने भएको छ। होटलको निर्माण कार्य सुरु भैसकेको र दुई वर्ष भित्रमा निर्माण कार्य सक्ने गरी काम अघि बढाएको कुरा होटल संचालकले जानकारी दिएका छन्।
पुरानो होटलको आधा विङ्स भत्काइसकिएको र बाँकी भत्काउने क्रम जारी रहेको छ भने नयाँ होटलको भवन निर्माणको लागि माटो परीक्षण र प्रारम्भिक वातावरणीय परीक्षणको काम सकिसकेको छ। नयाँ बनाउन लागिएको होटल ९ तलाको हुनेछ भने त्यसभित्र १ सय १ वटा कोठा हुनेछन्। साथै होटलमा प्रेसिडेन्सियल सुइट, सुइट रुम र डिलक्स रुम पनि हुनेछ।
होटलमा विवाह, व्रतबन्ध लगायतका सामाजिक कार्यलाई मध्यनजर गर्दै हजार जना अटाउने ब्यांकेट हल पनिनिर्माण हुँदैछ। होटलको बेसमेन्टमा डेढ सय गाडी अटाउने पार्किङका साथै होटलको माथि पटि भागमा इन्फिनिटी स्वीमिङ पुल र तीन वटा रेष्टुरेन्ट पनि निर्माण हुनेछ। होटलमा लाइभ क्यासिनो पनि हुनेछ। होटलमा सुविधा सम्पन्न सेमिनार हल पनि निर्माण हुनेछ। यस होटलको निर्माण दुषित थानी कम्पनीले गर्दै छ।