तेह्रथुम जिल्लाको छथर गाउँपालिका मा रहेको फाक्चामारा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भइ उद्घाटन भएको दूई वर्ष बित्न लाग्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन।
राज्यको कडोरौं लगानीमा निर्माण भएको भवन सञ्चालनमा आउन नसक्दा पुरानो भवनबाटै सेवा लिन बाध्य भएकाछन यस क्षेत्रका वासिन्दाहरु, निर्माण भएको दुईतले पक्की भवन यतीबेला झोर, जङ्गल र झाडीले ढाकेको छ।
हिमालयन ओम जेबी जाम्बीयो जेबी निर्माण कम्पनीले निर्माणकार्य सम्पन्न गरी दुई वर्ष अगाडीनै हस्तान्तण गरेको उक्त भवनका संरचनाहरु टुट्न र फुट्न थालेका छन्। नायाँ भवनको निर्माण पछि सहज रुपमा सेवा लिन पाउने आशामा रहेका यस क्षेत्रका जनताहरु अहिले वषौँ बितिसक्दा पनि प्रयोगमा आउन नसक्दा दुख लागेको बतायछन्।
सहरी विकास मन्त्रालयको एक करोड भन्दा माथीको लगानीमा निर्माण भएको उक्त भवनबाट कोरोना महामारीको समयमा पनि सञ्चालनमा नआउँदा सेवा लिन समेत समस्या भएको स्थानीयले बताए।
स्वास्थ्य चौकी नागरीकको पहिलो उपचार गर्ने संस्था भएतापनि यस क्षेत्रमा निर्माण भइसकेको भवन समेत सञ्चालन हुन नसक्नु दुखको कुरा रहेको छ।