काठमाडौं। आशा फर चिल्र्डेन फाउन्डेशनद्वारा संचालित आशा शिक्षा सदनको आइतबार उद्घाटन गरिएको छ। ‘बालबालिका लागि शिक्षा’भन्ने नाराका भक्तपुर, सुर्यविनायक नगरपालिका १० स्थित चितपोलमा उक्त बिद्यालय भवनको उद्घाटन गरिएको हो।
उक्त बिद्यालयमा दुई सस्थाका करिब ६७ जना बालबालिका रहेका र निकट भविश्यमा सस्थाको पहुँच ७७ जिल्लामा पुर्याउने लक्ष्य रहेको विद्यालयले जनाएको छ। हाल युकेजीका बालबालिका रहेकोमा क्रमिकरूपमा बिद्यार्थी थपिएसँगै थप कक्षा सञ्चालन गर्दै निकट भविष्यमै बिद्यालयलाई १२ कक्षासम्म पुर्याइने बताइएको छ।
फाउन्डेशन नेपालसँंगै जर्मनीमा रहेको संस्थाले नेपालमा शिक्षाको ज्योति फैलाउन जर्मन नागरिक हेरिबर्थ विर्थ तथा मार्गीर्थ विर्थ समूहको सहकार्यमा बिद्यालयको भौतिक संरचना निर्माण गरिएको हो।