काठमाडौं। रुकुम पुर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा अस्पताल भवन निर्माण भएको छ। सो गाउँपालिकामा १५ शैय्याको अस्पताल भवन निर्माण हुने भएको हो।
गाउँमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले सो अस्पताल भवन निर्माण गर्न लागिएको हो। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका स्थानीयहरुलाई लक्षित गरी गाउँपालिकामा नै अस्पताल निर्माण गर्न लागिएको छ। अस्पतालको अभावमा समयमा नै उपचार नपाएर अकालमा ज्यान गुमाउनु परेको दर्दानक घटनालाई अन्त्य गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ। यसका साथै गरिब र विपन्न वर्गले पनि स्वास्थ्य सुविधा उपभोग गर्न पाउँने गरी स्थानीय स्तरमा नै अस्पताल भवन निर्माणको योजना ल्याइएको गाउँपालिकाले जनाएको छ। गाउँमानै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने भएपछि स्थानीयको मुहारमा खुसि छाएको छ।
उक्त अस्पताल भवन निर्माणको जिम्मा तिन वटा निर्माण कम्पनीले पाएका छन्। जसमा धुलिखेल निर्माण कम्पनी, मिशन निर्माण कम्पनी र सिस्ने हिमाल जेभी निर्माण कम्पनीले पाएका हुन्। २४ करोड १६ लाख चार सय छ रुपैयाँको लागतमा उक्त अस्पतल भवन निर्माणको ठेक्का तिन वटा निर्माण कम्पनीले पाएका छन्। तोकिएको समयमै गुणस्तरियकाम गर्ने निर्माण कम्पनीहरुको दाबी छ।