अर्घाखाँची। कुल १९ करोड ९२ लाख बजेटमा अर्घाखाँचीको मालारानी गाउँपालिकाले १५ शैंयाको अस्पतालको सिलन्यास गरिसकेको छ। मालारानी गाउँपालिका अध्यक्षले उक्त अस्पताल भवनको सिलन्यास गरेका छन्।
सो अस्पताल निर्माणको जिम्मा डाँफे अम्मर जेवि प्रा.लि.ले लिएको कुरा गाउँपालिका अध्यक्षले जानकारी दिएका छन्। गाउँमै अस्पताल बन्ने भएपछी मालारानी गाउँपालिकाका स्थानीयवासी खुसी भएका छन्। गाउँमा अस्पताल निर्माण भएमा समयमा नै उपचार पाउने स्थानीयवासीको विश्वास रहेको छ।