दैलेख। दैलखमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर क्षेत्री द्धारा ५० शय्याको अस्पताल भवन शिलान्यास गरिएको छ।
तोकीएको समयभित्र निर्माण सम्पन्न गर्न र गुणस्तरिय भवन निर्माण गर्न सम्बन्धीत निर्माण कम्पनी र स्वास्थ्य सेवा कार्यालयलाई शिलान्यास कार्यक्रममा मन्त्री बुढाक्षेत्रीले सुझाव दिनुभयो।
उहाँका अनुसार कर्णालीका कतिपय जिल्लामा विशेषज्ञ चिकित्सकको अभाव रहेकोले पुर्ति गर्न मन्त्रालयले सहजीकरण गरिरहेको छ। यस स्थानमा उपचारको लागी भवन नहुँदा समस्या भइरहेको र अब नयाँ भवनको निर्माण पछि खुसी भएको बताउनु भयो।
उक्त कार्यक्रममा विभिन्न स्थानबाट विभिन्न पदका पदाधिकारीहरु सहभागी हुनुभएको थियो। उहाँहरुले अस्पतालको पूर्वाधार विकास र जनशत्ति व्यवस्थापनमा ध्यान दिन अनुरोध गर्नुभयो।
प्रेरा क्याराभान सुपरस्टार जेभीले २२ करोड लागतमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको उक्त भवनको निर्माण पछि यस स्थनका जनताले उमचार गर्ने सुविधा सम्पन्न अस्पताल पाउँने छन्।