काठमाडौं। कपिलवस्तुको कृष्ण नगरपालिका–२ मा धर्मशाला निर्माण हुने भएको छ। सो धर्मशाला शहरी विकास तथा भवन कार्यालय, रुपन्देहीले निर्माण गर्ने भएको हो।
उक्त धर्मशाला निर्माण हुने भएपछि नगरबासी खुसी भएका छन्। धर्मशाला निर्माण गरी असहाय, निम्नवर्गका मानिसलाई साहारा दिने नगरपालिकाले बताएको छ। धर्मशाला निर्माण पछि असहाय भएर रोडमा बसेका व्यक्तिको हकेरचाह गर्ने र ल्याएर राख्ने नगरपालिकाको उद्धेश्य छ। गासँ, बास र कपासको अभावमा कोही पनि बन्चित हुन नपरोस भन्ने उद्धेश्यले सो धर्मशाला निर्माण गर्न लागिएको बताइएको छ।
उक्त धर्मशाला निर्माणको जिम्मा ब्रेभ निर्माण कम्पनी भैरहवाले पाएको छ। सो कम्पनीले २० करोड ३३ लाख १ हजार लागतमा निर्माणको जिम्मा लिएको हो। समयमानै गुणस्तरिय काम सम्पन्न गर्ने निर्माण कम्पनीले बताएको छ।