काठमाडौं। कपिलबस्तुमा १५ शैय्याको अस्पताल भवन निर्माण हुने भएको छ। कपिलबस्तुको विजयनगर गाउँपालिकामा सो अस्पताल निर्माण हुने भएको हो।
उक्त अस्पताल भवन विजयनगर गाउँपालिकाको कार्यालयले निर्माण गर्ने भएको छ। सुविधा सम्पन्न अस्पतालको अभावमा अकालमै ज्यान गुमाउनु परेको दर्दानक घटनालाई मध्यनजर गर्दै सो अस्पताल भवन निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ। गाउँमा नै सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएपछि अब अकालमा उपचारको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने विश्वास गरिएको गाउँपालिकाले जनाएको छ।
अस्पतालको अभावमा लामो समय खर्चेर धाउन पर्ने बाध्यता हट्ने स्थानीयले आशा गरेका छन्। अस्पताल निर्माण हुने भएपछि आफुहरु खुसि भएको सो गाउँपालिकाका स्थानीयले बताए। गाउँमा नै गुणस्तरीय उपचार पाउने आशमा रहेको उनिहरुको भनाइ रहेको छ।
उक्त अस्पताल भवन निर्माणको जिम्मा श्री विकेओआइ र नावा नवसिर्जशिल जेभि सिनामङ्गलले पाएको छ। सो निर्माण कम्पनीले १८ करोड १६ लाख ७१ हजार ६ सय लागतमा निर्माणको जिम्मा लिएको हो। समयमा नै गुणस्तरिय काम निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीको दावी छ।