काठमाडौं। हावाहुरीले जिल्ला अदालत जाजरकोटको भवनको छाना उडाएको छ। शुक्रबार राति आएको हावाहुरी जिल्ला अदालत भवनको छाना उडाएको हो।
उक्त अदालत भवन टिनको छाना भएको ६ कोठाको रहेको थियो। सो भवनमा लेखाशाखा, स्टोर, कर्मचारी तथा सुरक्षाकर्मीको अवास थियो। सोही भवनमा सुतिरहेका एक जना कर्मचारी भागेर आफ्नो ज्यान बचाएका थिए।
टिनको छाना उडाउन मात्र नभएर कोठा भित्रका सबै समान नष्ट भएको प्रहरीले जनाएको छ। क्षतिको पूर्ण विवरण अझै आइनसकेको बताइएको छ। मुख्य निर्वाचन अधिकृतिको कार्यालयसमेत जिल्ला अदालतमै भएकोले केही काम प्रभावित हुने जनाइएको छ।