काठमाडौं। नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशको राजधानी हेटौंडाको सडक भत्काउन नहुने बताएका छन्।
हेटौंडामा जिफन्ट मकवानपुरले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले हेटौंडाको सडक नभत्काउने र सडकका लागि बाइपास सडक निर्माण गर्ने बताएका हुन्।
उनले एसियन हाइवेमा पर्ने सडकखण्ड अन्तर्गतको हेटौंडा बजारको बीचमा रहेको सडक फराकिलो बनाएर भत्काउनुभन्दा बाइपास बनाउनुमा आफ्नो दलले जोड दिएको बताए।
वर्तमान बागमती सरकारले मदन भण्डारी स्वस्थ्य प्रतिष्ठान र हेटौंडा अस्पताललाई अलग गरेर गलत गरेको समेत अध्यक्ष ओलीको भनाइ छ।
अध्यक्ष ओलीले ‘हु इज केपी ओली’ भन्नेलाई नेपाली जनताले ३० वैशाख गते हुने स्थानीय तह निर्वाचनमा देखाइदिने बताए।