चितवन । भरतपुर महानगरपालिका–१० को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । गत बिहीबार एक कार्यक्रमकाबीच महानगर प्रमुख रेनु दाहालले भवनको उद्घाटन गर्नुभएको हो ।
भरतपुर महानगर र जिल्ला समन्वय समितिको सहयोगमा २ तले वडा कार्यालयको भवन निर्माण गरिएको छ । भवनको उदघाटन गर्दै भरतपुर महानगर प्रमुख दाहालले जनप्रतिनिधि आएको ४ वर्षको अबधिमा महानगरमा धेरै विकास भएको दाबी गरिन् ।
भरतपुरमा शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास लगायत सबै क्षेत्रमा उल्लेख्य काम भएको उनले बताइन् । प्रमुख दाहालले देशले गौरव गर्ने ठूला ठूला परियोजनाहरु पनि धमाधम निमार्ण भइराखेको जानकारी दिइन् ।
आफूहरुले जनताका बीचमा गरेका वाचा अनुसार अनवरत काम गरिरहेको बताउँदै महानगरले आफ्नो बजेटबाट ठेक्कामा लगायका कामहरु अहिले समयमै धमाधम निमार्ण भइराखेको र विकासमा महानगर देशको मोडल बनेको दाबी गरिन् ।