काठमाडौं। जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका– ७ जुर्क निपानेमा जनयुद्ध संग्रालय निर्माण हुने भएको छ। कर्णाली प्रदेस सरकारले उक्त संग्रालय निर्माण सुरु गरेको हो।
उक्त भवनको शिलान्यास कर्णाली प्रदेशका वन निर्देशक गोविन्द्र प्रसाद दाहालले विहीबार गरेका छन्।
उक्त गाउँमा २५ जना व्यक्तिको सामुहिक हत्या भएको थियो। दुर्गम क्षेत्रमा पर्ने यो क्षेत्र शहिद तथा युद्धको अध्ययन गर्नका लागि सहज होस भनेर संग्रालय निर्माण गर्न लागेको दाहालले बताए।