मोरङ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रोलाले सुकुम्बासी र बाढीमुक्त सहर निर्माण गर्ने घोषणा गरेकी हुन्।
स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिका–११ मा आयोजित कोणसभामा बोल्दै डा.संग्रौलाले स्थानीय तह निर्वाचनमा कांग्रेसलाई विजय गराए रोजगारी सिर्जनादेखि बाढीमुक्त सहर बनाउने बताएकी हुन्।
कोणसभामा महानगरका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले भ्रष्टाचार शून्य पालिका, सफा, सुन्दर सहर र दोस्रो ठूलो पालिका बनाउने प्रतिबद्धता व्यक्त गरे ।
विराटनगनर–११ वडा अध्यक्षका उम्मेदवार रामशुन्दर राजवंशीले कालोपत्र सडक, स्वच्छ खानेपानी, व्यवस्थित ढलको व्यवस्था गर्ने बताए । केन्द्रीय सदस्य सङ्ग्रौला, प्रमुख उम्मेदवार कोइरालासहितको एक जुलुसले वडाका विभिन्न क्षेत्रका परिक्रमासभामा परिणत भएको थियो ।