चितवनको औद्योगिक क्षेत्र दसैंपछि शिलान्यास गरिने भएको छ। दसैंपछि शिलान्यास गर्ने वातावरण बनेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोरले बताएका छन्। ५ वर्ष अगाडी घोषणा भएको भएतापनि रुख कटानको विवादका कारण ढिला भएको थियो। तर अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि काम अगााडी बढाउन निर्देशन दिएको उनले बताए।
सबै रुख काटीदैन भन्दै उनले रुख काटेर सखाप पार्ने भए भन्ने भ्रम नफैलाउन अनुरोध गरे। अबको तिन महिना भित्रमा रुखको गणना सकिने छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले २०७३ फागुन ३ गते शत्तिखोरमा औधोगिक क्षेत्र घोषणा गरेको थियो।
उक्त क्षेत्रमा २ लाख ४२ हजार रुख रहेका छन्। वन मन्त्रालय सकारात्मक नहुँदा काम रोकिएको हो। सामुदायीक वन रडिभिजन वन कार्यालय मातहतको वनको क्षेत्रफल फरक परेको भन्दै रुख गणनानै अलपत्र बनेको थियो। यस क्षेत्रमा थाङखोला, उदयपुर र तिनकन्या सामुदायीक वन पर्दछन्।
७ सय २३ विघामा उद्योग तथा सेवा क्षेत्र निर्माण हुनेछ भने ४ सय ४६ विघा हरियाली क्षेत्र कायम रहने गरी योजना निर्माण गरिएको छ। उक्त औद्योगिक क्षेत्र निर्माणको लागी करिब २८ अर्ब लागत लाग्ने अनुमान गरिएको छ। ५ वर्षमा उद्योग निर्माण सक्ने लक्ष्य लिएपनि प्रगति भने हुन सकेको छैन। यस क्षेत्रको सञ्चालन भएमा १ लाख भन्दा बढी सर्वसाधारणले रोजगारीको अवसर पाउने थिए।