सुदुरपश्चिम प्रदेशअन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिकास्थित बालचौँरमा बादी बस्ती सुरक्षित आवास निर्माण हुँने भएको छ। बादी ससमुदाय वा बादी जाती नेपालमा बसोवास गर्ने खस समुदाय को एक हाङगा हो।
उनिहरुले अन्य अल्पसङ्ख्यक जातिहरूले जस्तो स्वच्छन्दपूर्वक प्रकृतिको काखमा लुटपुटिएर आफ्नो जातीय पहिचान बचाएको पाइँदैन। हरेक उद्देश्यका मानिसहरू बादी जाति रहेको बस्तीमा पुग्ने गर्छन्। राम्रा नराम्रा सबै किसिमका मानिसहरूको नजर बादीमाथि परेकै छ।
विगत देखीनै पछी परेका बादी जातीका मानिसहरु अहिलेको अवस्थामा पनि अरु भनदा पछाडीनै रहेका छन् उनिहरुको अस्मिताका ख्याल नगरीनै उनिहरु भएको स्थानमा जो कोही सहजै जाने गरेको पाइन्छ। उनिहरुको सुरक्षाको लागी भनेर बादी वस्ती सुरक्षित आवास निर्माण हुने भएको छ।
उक्त आवास निर्माणको ठेक्का एमके जेभीले तिन करोड भन्दा माथीको लागतमा लिएको छ। यस सुरक्षित आवासको निर्माण पछि विभिन्न समस्या र दुव्र्यवहार सहेर बसेका बादी समुदायका मानिसहरुले केही सहज र सरल तरिकाले आफ्नो जिबनयापन गर्न पाउने आशा राखिएको छ। सरकारबाट पनि केही सहुलिएत नभएपछि निरास भएर आफ्नो दिनचर्या बिताइरहेका उनिहरुले यस सुरक्षित आवासको निर्माण हुने कुराले खुसी भएको बताएका छन्। यही क्षेत्रमा आवास निर्माण हुने हुँदा उनीहरुलाइ रोजगारीको अवसर सिर्जना हुनेमा पनि विश्वास गरेको बताए। तोकिएको समयअवधिमै आवासको निर्माण भएमा बस्नको लागी सहज हुने उनिहरुको भनाइ रहेको छ।