सुदुरपश्चिम प्रदेशअन्तर्गत कञ्चनपुर जिल्लाको बेलौरी नगरपालीकाले कालीका विद्यालयको भवन निर्माण गर्ने भएको छ। उक्त भवन बेलौरी नगरपालीकाको वडा नं. ८ मा निर्माण हुन लागेको हो।
गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्यले निर्माण हुने विद्यालयमा बेलौरी नगरपालिकाका मात्र नभएर यस स्थानमा पाएक पर्ने ठाउँका विद्यार्थीले पनि गुणस्तरीय शिक्षा लिन पाउँने व्यवस्था लागु हुने छ। पढ्नको लागी यस स्थानका विद्यार्थीले टाढा टाढा धाएर लामो बाटो जानुपरेको थियो। जसले गर्दा बालबच्चा र वर्षाको समयमा लामो बाटो धाएर जान समस्या भएकोले विद्यार्थीको पिडालाई बुझेर उक्त विधलयको निर्माण गर्न लागिएको नगरपालिकाले जानकारी दिएको छ।
उक्त भवन ४० लाख भन्दा माथीको लगानीमा निर्माण हुन लागेको हो। उक्त भवनको निर्माण पछि यस स्थानका विद्यार्थीहरुलाई सहज हुनका साथै उनिहरुले आफ्नै क्षेत्रमा गुणस्तरीय शिक्षा पनि हासील गर्न पाउँने विश्वास गरिएको छ। यस विद्यालयको निर्माण पछि लामो समय लगायर टाढाको विद्यालयमा जाने समय आफ्नो पढाइमा खर्च गर्ने हो भने विद्यार्थीको भविष्य सुन्दर हुनुका साथै उनिहरुलाई बाढी, पहिरो, जस्ता समस्या बाट त्रसित हुनुपर्दैन। यस विद्यालयको निर्माणले सोही स्थानका विद्यार्थी लगाएत पढेर आफ्नो क्षमता हुँदाहुँदै पनि बेरोजगार अवस्थामा रहेका युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्नेमा पनि पुरा विश्वास रहेको नगरपालिकाले बताएको छ।