काठमाडौं। करिब ५ करोड ७० लाख लागतमा गृह मामिला मन्त्रालय अन्तर्गत सशस्त्र प्रहरी बलले अस्पताल भवन र अन्य नागरीक कार्यहरुको निर्माण गर्ने भएको छ। नेपाल सशस्त्र प्रहरी बलले बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी अस्पतालको नयाँ भवन निर्माण गर्ने भएको हो।
बलम्बुस्थित रहेको प्रहरी अस्पताललाई थप स्तरीय बनाउने लक्ष्यका साथ नयाँ अस्पताल भवन निर्माण गर्न लागिउको हो। अस्पतालको नयाँ भवन निर्माण गरी त्यहाँ सेवा लिन आउने बिरामीहरुलाई विशेष सेवा सुविधा दिने गरि यस योजनालाई अगाडी बढाइएको छ। सो अस्पतालको भवन निर्माणको लागिको लागि सशस्त्र प्रहरी बलले ठेक्का आह्वान गरेको छ।
अस्पतालको भवन निर्माण कार्य छिट्टै अगाडी बढाउने सशस्त्र प्रहरी बलले जनाएको छ। अस्पतालको भवन सँगसँगै अरु थप नागरीक कार्यहरु पनि निर्माण गर्ने भएको छ। जसले गर्दा सो अस्पतालको गरिमा बढाउने साथै उपचारको क्रममा आउने बिरामीहरुको लागि पनि सहज वातावरण सिर्जना हुने भएको छ।