रुकुम। कर्णाली प्रदेश अन्तर्गत रुकुम जिल्लाको चौरजारी नगरपालिकाले विद्यालय भवन निर्माण गर्ने भएको छ। चौरजारी नगरपालिकाको वडा नं। ८ अन्तर्गतको खहरे माध्यमिक विधालयको ८ कोठाको शैक्षिक भवन निर्माण साथै वडा नं। १३ अन्तर्गत सरस्वती माध्यमिक विधालयको ८ कोठाको शैक्ष्कि भवन निर्माण गरीने भएको छ। उक्त नगरपालिकाले शैक्षिक क्षेत्रलाई प्राथमिकता दिदैँ विधालय भवन निमार्णको योजनालाई अगाडी बढाएको हो। आफ्नै स्थानीय क्षेत्रमा नै त्यहाँ रहेको विधार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ नगरपालिकाले शैक्षिक भवन निर्माण गर्ने योजना बनाएको हो।
सो नगरपालिकाले २ करोड भन्दा बढी लागतमा २ वटा शैक्षिक भवन निर्माण गर्न लागेको हो। सो शैक्षिक भवन निर्माणको लागि नगरपालिकाले ठेक्का आह्वान गरिसकेको छ। उल्लेखित वडाका विधार्थीहरु शिक्षा लिनको लागि टाढासम्म जादा धेरै समस्या हुने तथा साना साना बच्चाहरुको लागि टाढा हिनेर जान संम्भव नहुँदा लामो समयसम्म शिक्षा बाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको कारणले गर्दा पनि नगरपालिकाले शैक्षिक भवन निर्माणमा जोड दिएको हो।
उक्त शैक्षिक भवनको निर्माण कार्य छिट्टै सूरुवात गर्ने कुरा विधालय प्रशासनले जानकार दिएको छ। आफ्नै स्थानीय क्षेत्रमा विधालयको भवन निर्माण हुने कुराले आफ्ना छोराछोरीले सानै उमेरबाट स्थानीय वातावरणीय रहनसहनमा गुणस्तरीय शिक्षा हासिल गर्न पाउने कुरामा स्थानयि विश्वस्त रहेका छन्। विधालयको भवन निर्माण पश्चात चौरजारी नगरपालिकाको मात्र नभएर पुरै रुकुम जिल्लाको नै गरिमा बढ्ने छ। यसकुरामा त्यहाँका स्थानीयले खुसि व्यक्त गरेका छन्।