काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका–१३ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन बनेपछि सेवा प्रभावमा सहजता आएको छ। नयाँ भवन बनेपछि सोही भवनबाट स्वास्थ्य सेवा सञ्चालन भएको हो।
नगरपालिकाको आफ्नै बजेटमा स्वास्थ्य भवन बनेपछि सेवा प्रभाहमा सहजता आएको हो। नगरपालिकाले हरेक वडामा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्य भवन निर्माणमा जोड दिएको बताइएको छ।
भवन चर्पी, बाथरुमसहित चारकोठे पक्की निर्माण भएको छ। सो भवनमा छुट्टै स्वास्थ्य शाखाको सेवाहरु सञ्चालन भएका छन्। विरामी चेकजाँच, औषधि भण्डारण, वितरण तथा अन्य उपकरण व्यवस्थापन राम्रो भएको छ।
आफ्नो भवन नहुँदा वडा कार्यालयकै कोठाबाट स्वास्थ्य सेवा सञ्चालन भइरहेको थियो। साँधुरो र सिमित कोठाबाट सेवा प्रवाह गर्नुपर्दा कर्मचारी र सेवाग्राहीलाई समस्या थियो। भवनको उद्घाटन प्रमुख बलदेव चौधरीले एक कार्यक्रमकाबीच गरेका हुन्।
पालिकाको भौगोलिक हिसावले ठूलो सो वडाबासीलाई नयाँ भवनबाट प्रभावकारी सेवा मिलेपछि खुशियाली छाएको छ।