चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काम अब सरकारले अगाडि बढाउनु पर्ने बताएकी छन् ।
चितवन उद्योग संघको साधारणसभामा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई रेणुले रंगशाला निर्माणको काम अब सरकारले अघि बढाउनुपर्ने बताएकी हुन् ।
उनले रंगशाला अलपत्र परेको भन्दै सरकारले जिम्मा लिनुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘देशकै गरिमा बोकेको रंगशाला निर्माणका लागि महानगरले जग्गा उपलब्ध गरायो । आवश्यक सबै सहयोग गर्यो। तर स्रोत जुटाउने जिम्मा लिएका धुर्मुस, सुन्तलीले बनाउन सकेनन् । अब रंगशाला निर्माणको जिम्मा सरकारले लिनुपर्ने भयो।’
सरकारमा रहेको गठबन्धनका नेता प्रचण्डसँग उनले बहुवर्षीय योजनाअन्तर्गत रंगशाला निर्माणको काम अघि बढाउनु पर्ने बताइन्।
आर्थिक अभावका कारण गत साउनदेखि रंगशाला निर्माणको काम ठप्प छ ।