काठमाडौं। महानगरपालिकाको प्रशासनिक भवन निर्माणको शिलान्यास गरिएको छ। उक्त भवनको शिलान्यास काठमाडौं महानगरपालिकाका प्रमुख विधासुन्दर शाक्यले गरेका हुन् ।
महानगरका अनुसार काठमाडौं महानगरपालिकाको पहिचानलाई मध्यनजर गरेर भवनको डिजाइन तयार गरिसकेको उक्त भवनमा आठ तले सुबिधासम्पन्न भवन बन्ने छ।
भवनमा नेवारी शैलिको चोकहरु रहनेछन भने भवन संरचनाका विभिन्न तलामा कार्यालय, बैठक हल, प्रशासन एवं कार्यालय सन्चालन र मर्मतका लागि आबश्यक स्थान छुट्याएको छ।
भवनको शिलान्यास गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो कार्यालमा सबै महानगरपालिकाका वडा का कार्यालय भवनको पुनःनिर्माण र नयाँ निर्माणलाई सम्पन्न गर्ने गरि केन्द्रिय भवनको शिलान्यास गरेको हो।
महानगरको हाल रहेको भवनमा केन्द्रीय भवन निर्माण गर्न विभिन्न बाधाहरु आएकोले सुन्धारामा केन्द्रीय भवन निर्माण गर्न नसकेको उहाँले बताउनु भयो।