नेपालगञ्ज। नेपालगञ्जमा निर्माणाधीन अवस्थामा रहेको एकीकृत भन्सार जाँच चौकी अथवा आईसीपी निर्माणको कामले अझै पनि गति लिन सकेको छैन्। भारत सरकारको सहयोगमा २०२० नोभेम्वर २५ देखि निमाृण सुरु भई २०२२ नोभेम्वर २५ मा नै काम सक्ने सर्तमा सम्झौता भएको भएता पनि विभिन्न कारणले गर्दा निर्माण कार्य ढिलाई हुन गई हालसम्म १५ प्रतिशत मात्र निर्माण सकिएको कुरा नेपालगञ्जका सुचना अधिकारीले जानकारी दिएका छन्।
कोरोना महामारीको कारण नाका वन्द हुँदा सामान ढुवानी गर्न नसकेर साथै वर्षतको समयमा अत्यधिक वर्षा भएको कारणले गर्दा पनि निर्माण कार्यमा ढिलाई भएको जनाइएको छ। जाँच चौकी निर्माण नहुँदा मालवाहक सवारीसाधन जाँचपासमा समस्या भएको छ। साथै क्वारेन्टाइन, अध्यागमन, खाध, प्रविधि लगाएत भन्सारसँग सम्बन्धित सवै काममा कठिनाई हुने गरेको छ। हाल उक्त क्षेत्रमा नेपालगञ्जको चौलिक्का चोकदेखि आईसीपी निर्माणस्थलसम्म जोड्ने फराकिलो सडकको साथै अन्य संरचनाहरु पनि निर्माण भइरहेको छ।
एकीकृत रुपमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ आईसीपी परिसरमा भन्सार कार्यलयको साथै पशु क्वारेन्टाइन, अध्यागमन, बैक, खाध प्रविधि, प्लान्ट क्वारेन्टाइन र एक हजार भन्दा बढी मालवाहक ट्रक पार्किङ गर्ने याड पनि निर्माण हुनेछन्।
२००५ मा नेपाल र भारतबीच भएको सम्झौतामा भारतले विराटनगर, विरगञ्ज, नेपालगञ्ज र भैरहवा नाकामा आईसीपी निर्माण गरिदिने सहमति जनाएको थियो। त्यसमध्येमा विराटनगर र विरगञ्जमा आईसीपी निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आइसकेको छ भने नेपालगञ्जमा ढिला निमौण थालिएको हुनाले निर्माण कार्य सम्पन्न भएको छैन्। दुई वर्षिभित्र आईसीपी निर्माण कार्य पुरा गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य निर्मान कम्पनिकाे रहेकाे छ। कुल २ अर्ब ३५ कराेड नेपाली रूपैँया लागतमा निर्माण भइरहेकाे आईसीपी निर्माण सम्पन्न भइ सञ्चालनमा अाएपिछ दुई देशबीचकाे व्यापार सहज र व्यविस्थत हुने अपेक्षा राखिएकाे छ।