दार्चुला । जिल्लाको मार्मा गाउँपालिकामा औधोगिक गाउँ र खेल मैदान निर्माण हुने भएको छ । मार्मा गाउँपालिका २ मा औधोगिक गाउँ र गाउँपालिका ३ मा खेल मैदान निर्माण हुने भएको गाउँपालिकाले जनाएको छ ।
औधोगिक गाउँ निर्माणका लागि उषा निर्माण सेवाले ठेक्का पाएको छ भने खेल मैदान निर्माणका लागि जगदम्बा निर्माण सेवाले ठेक्का पाएको गाउँपालिकाले एक सूचना जारी गरी जानकारी दिएको छ ।
गाउँपालिका भित्र एकै पटक औधोगिक क्षेत्र र खेल मैदान निर्माण हुने भएपछि स्थानीय हर्षित भएका छन् । देशकै विकट जिल्ला मानिएको दार्चुलामा रहेको मार्मा गाउँमा विकासले गति लिन थालेको देखिएको छ ।
खेल मैदान निर्माण हुने भएपछि स्थानीय युवामा समेत खुसी छाएको छ । खेलमा रुची भएपनि मैदान नहुँदा इच्छा मार्नु पर्ने कहिलेकाही खेल्न पनि टाढाको गाउँ पुग्नु पर्ने बाध्यता अब भने हट्ने उनीहरुको भनाइ छ ।