काठमाडौं। काठमाडौंको ताहाचलमा ५ वर्ष देखि निर्माणाधीन अवस्थामा रहेको व्यवसायिक घराना गोल्यान ग्रुपको पाँचतारे स्तरको होटल हायात प्लेस तिहार लगत्तै सञ्चालनमा आउने भएको छ। हाल हायात इन्टरनेशनलले होटलको फाइनल टेस्टिङको काम गरिरहेको छ।
जुलाई देखि नै सञ्चालनमा ल्याउने योजना रहेको भएता पनि कोभिड दोस्रो लहरको कारणले ढिला भएको कुरा गोल्यानले जानकारी गराएका छन्। सो होटल इन्टरनेशनल स्तरको हुनेछ।हाल सो होटलको अन्तिम चरणको काम भईरहेको छ। १५ तले भवनको संरचना रहेको होटलमा अधिकतम ६० वटा सवारी साधन पार्किङ गर्न मिल्ने गरी पार्किङ स्थलकोको लागि डबल बेसमेन्ट राखिएको छ।
उक्त होटलमा चिल्डेन स्विमिङ पुलको पनि सुविधा उपलब्ध हुने छ। १० वटा सुइट्स रुम सहित १५३ रुम क्षमता रहेको होटलमा १ वटा अल डे रेष्टुरेन्ट, बारसहितको टेरेस पुल, चिम हल, साना–ठुला सभासमारोह गर्नका लागि ५० देखि ४०० जना क्षमताको ४ वटा बैंक्वेट हलको पनि सुविधा हुनेछ। यी सम्पुर्ण सुविधासँग होछटेलको क्यासिनो पनि चलाउने योजना रहेको छ।