म्याग्दी। म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा बहुउद्देश्यीय भवन निर्माण भएको छ,। गण्डकी प्रदेश सरकारको साझेदारीमा प्रशासनिक प्रयोजनको लागि गाउँपालिकाको केन्द्र मौवाफाटमा सो भवन निर्माण भएको हो।
१ करोड १० लाख लागत अनुमान गरिएको उक्त भवन निर्माणको लागि हिमालयन विल्डर्स कम्पनीले २०७७ फागुनमा ७६ लाखमा ठेक्का सक्झौता गरिएको थियो।
३४ फिट चौडाई र ४४ फिट लम्बाई रहेको ३ तले बहुउद्देश्यीय भवनको भुइँ तलामा ५ कोठा रहेको छ। ठेक्का बाट वचेको बजेटले सभाहलको चौडाई बढाएर उपभोक्ता समिति मार्फत प्रत्यक तलामा २ वटा कोठा थप गरिएको छ। विद्युत जडान र रंगरोगन साथै झ्यालमा सिसा लगाउन बाहेक अरु काम सकिएको छ। सो भवन तिहार लगत्तै सञ्चालनमा ल्याउने तयारी रहेको छ।
गत असार महिना भित्रै भवन निर्माण सक्ने लक्ष्य भएको भएता पनि कोरोना महामारीको कारणले गर्दा समय थप गरी थपिएको समय भित्र नै भवन निर्माण कार्य सक्न लागिएको हो। यस वर्ष बिनियोजन भएको बजेटले भवनको माथिल्लो तलामा सभाहल निर्माण गर्नको लागि ठेक्का आह्वान गर्ने तयारी भैरहेको छ।