काठमाडौं। बुद्धको जन्मस्थल लुम्बिनीमा बङ्गलादेशले बौद्ध विहार निर्माण गर्ने भएको छ। नेपालका लागि बङ्गलादेशका राजदुत र लुम्बिनी विकास कोषका उपाध्यक्षविच ३ वर्षभित्रमा बौद्ध विहार निर्माण सम्पन्न गर्ने सर्तमा सम्झौता भएको हो।
लुम्बिनीको पश्चिम क्षेत्रमा रहेको प्लट नम्बर डब्लुसीमा ८० वर्गमिटर क्षेत्रफलमा विहार वनाउने योजना रहेको छ। बङ्गलादेशले बोद्ध विहार निर्माण गरेपछि लुम्बिनीमा प्रतिनिधिमुलक विहार निर्माण गर्ने देशको संख्या १८ पुग्ने छ। नेपाल र बङ्गला देशको साँस्कृतिक तथा पर्यटकीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले बौद्ध विहार निर्माण गर्न लागेको कुरा लुम्बिनी विकास कोषले जानकारी गराएको छ।