डडेल्धुरा। २ करोड ५० लाख रुपैयाँकोे लागतमा डडेल्धुरा अस्पतालमा बन्दै गरेको अत्याधुनिक प्रयोगशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। कोरोना महामारीलाई मध्यनजर गरेर महामारीजन्य रोगको उपचार परीक्षण गर्ने उद्देश्यले अत्याधुनिक प्रयोगशाला बनाइएको हो।
त्यस्तै नेपाल सरकारका साथै विभिन्न दातृ निकायको २ करोड ५० लाख रुपैयाँकोे लागतमा निर्मित प्रयोगशाला सो क्षेत्रकै सुविधासम्पन्न ल्याब हुने अस्पताल श्रोतले जनाकारी गराएको छ।
उक्त प्रयोगशाला सञ्चालनमा आएपछि सर्ने दर धेरै भएका महामारी रोग पहिचानका लागि काठमाडौं जानुपर्ने बाँध्यताको अन्त्य हुने विश्वास रहेको छ। त्यस्तै डडेल्धुराको नौ वटै जिल्लाका बिरामी लाभान्वित हुने छन् ।