काठमाडौं। सार्वजनिक सावारीको भाडा दरमा वृद्धि गरिएको छ। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुवाहक सावारी साधानमा भाडा दर बढाएको हो।
अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा सरकारले पुन बढाएको हो । यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुवाहक सवारीसाधनको भाडा ५.३० प्रतिशतले बढाएको सूचना निकालेको छ।
जस अनुसार पहाडमा मालबाहक सवारीका लागि ६.९४ प्रतिशकत र तराईमा ७.७ प्रतिशतका दरले भाडा बढाइएको छ । बढेको भाडादर आजैदेखि लागू भएको विभागले जनाएको छ।
पछिल्लो पटक भाडा समायोजन हुँदा डिजेलको बजार मूल्य १६५ रुपैँया प्रति लिटर थियो भने हाल डिजेलको बजार मूल्य १९२ रुपैँया प्रति लिटर रहेको छ।
यस समयमा इन्धनको मूल्य १६.३६ प्रतिशतले बढेको हो। यसअघि २०७९ जेठ २७ गते सार्वजनिक सवारीसाधनको भाडादर २.५ प्रतिशतले घटेको थियो ।