काठमाडौं। प्रतिनिधिसभाको सोमबारको बैठकले बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ। बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको हो।
अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । ती विधेयक कानूनका रूपमा आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनेछ ।
त्यसअघि बैठकमा कानून न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले कानून न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७९’ पेश गरेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही असार ७ गते मङ्गलबार अपरान्ह १ बजे बस्नेछ ।