मुगु। मुगुको सदरमुकाम गमगढी बजारमा महिला बन्दीगृह निर्माण सम्पन्न भएको छ वर्ष भयो। २०७२ सालमा निर्माण शुरु भइ २०७३ साल चैत ३० गते हस्तान्तरण भएको १६ जना क्षमताको महिला बन्दीगृह अझै सञ्चालनमा आउन सकेको छैन।
आशिष कन्स्ट्रक्सन लिमिटेड कम्पनी २०७३ साल चैत्र ३० गते सम्पन्न गरी भवन डिभिजन कार्यालय जुम्लालाई हस्तान्तरण गरेको थियो । भवनहरुको झ्याल, ढोका, शौचालय, सिँडीहरु भत्किन थालेका छन् । त्यस्तै भवनभित्र रहेका कोठाहरुमा पनि पानी पसेर बिग्रन थालेका छन् । भवनको अगाडि–पछाडि पहिरोका कारण चर्किन थालिसकेको छ।
विभिन्न घटनामा संलग्न व्यक्तिलाई पूर्पक्षका लागि जिल्ला बाहिर लानुपर्ने बाध्यता रहेको छ । जसको कारण कैदीका आफन्तहरुले भेटघाट गर्न निकै समस्या भइरहेको बताइएको छ ।
त्यस्तै उनले भवन डिभिजन कार्यालय जुम्लाले भत्किएको भवनको मर्मत सम्भार गरी उक्त कारागार मुगुलाई हरुतान्तरण गर्नको लागि पहल भइरहेको जानकारी गराए । अहिले कारागारको कार्यालय जिल्ला प्रशासन कार्यालयभित्र बाट सञ्चालन भइरहेको छ ।
जिल्लाका १ सय १८ जना कैदीहरुलाई छिमेकी जिल्लाहरु जुम्ला, सुर्खेत, दैलेख, नेपालगन्जलगायतमा राख्ने गरिएको छ । एक जना कैदीलाई जिल्ला बाहिर राख्नका लागि राज्य कोषबाट ६० हजारदेखि १ लाखसम्म रकम खर्च हुने गरेको छ।