काठमाडौं। नेपाल सरकारको माताहतमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको क्षतिग्रस्त १४ वटा विधालयको भवनहरु पुनःनिर्माण गर्ने भएको छ। २०७२ सालको विनासकारी भु–कम्पले क्षति पुर्याएको विधालयको भवनहरु अहिलेसम्म पनि पुनःनिर्माण हुन सकेको थिएन। त्यसैले गर्दा सो विधालय भवनहरुवाट पठन पाठन गर्न समस्या भइरहेको थियो। पछिल्लो समयमा भु–कम्पले क्षति पुर्याएको संरचनाहरु पुनःनिर्माणलाई सरकारले पनि पहिलो प्राथमिकतामा राखेको छ।
गुनस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सो विधालय भवनहरु पुनःनिर्माण गर्न लागिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरमा जीर्ण अवस्थामा रहेका १४ वटा विधालयको भवन पुनःनिर्माणको लागि एम÷एस आशिस निर्माण सेवा प्रा.लि सँग ठेक्का सम्झौता गरी सकेको छ। सो निर्माण कम्पनीले लगभग ६० करोड लागतमा विधालयको भवन पुनःनिर्माण तोकिएको समयमा नै सम्पन्न गर्ने सर्तमा विधालयको भवन निर्माणको जिम्मा लिएको छ। अव छिट्टै निर्माण कार्य अगाडी बढाउने कुरा निर्माण कम्पनीले जानकारी गराएको छ।