काठमाडौं। नेपाल सरकारको माताहतमा रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७२ सालमा गएको विनासकारी भु–कम्पले क्षति पुर्याएको रामेछाप, सिन्धुलि, दोलखा र सिन्धुपाल्चोक जिल्लाको १४ वटा विधलयको भवनहरु पुनःनिर्माण गर्ने भएको छ। शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै लामो समयदेखि पुन निर्माण हुन नसकेका सो विधालयको भवनहरु पुनःनिर्माण गर्न लागिएको हो। सो भवनहरु जीर्ण भएको कारणले गर्दा विधालयमा पठन पाठन गर्न धेरै समस्या भईरहेको बेला विधालयको पुनःनिर्माण हुने कुराले विधार्थी तथा विधालय प्रशासन खुसि भएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एम/एस टिडिआई–एएनएस जेभी कम्पनीलाई ठेक्का दिइसकेको जानकारी गराएको छ। १ अर्ब भन्दा बढी लगानीमा विधालय भवन निर्माण तोकिएको समयमा नै सक्ने सर्तमा सो निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको हो। अव छिट्टै निर्माण प्रक्रियालाई अगाडी बढाउने भएको छ।