काठमाडौं। म्याग्दीको रघुगङ्गा गाउँपालिकाको भबन निर्माण भएको छ। गण्डकी प्रदेश सरकारको साझेदारिमा गाउँपालिकाको केन्द्र मौवाफाट्मा प्रशासनिक प्रायोजका लागि बहुउद्देश्यीय भबन बनेको हो। एक करोड भन्दा बढी लागत अनुमान गरिएको उक्त भबन बनाउन २०७७ सालमा हिमालयन बिल्डर्सले ७६ लाखमा ठेक्का सम्झौता लिएको थियो। निर्माण व्यावसायिले रंग लगाउने, झ्यालमा सिसा लगाउने र विद्युत जडान बाहेकका काम सकेका छन्। प्रमुख प्रशासकिय अधिकृतका अनुसार सभाहल रहेको पहिलो तलामा कोठा बिभाजन गरेर आगामी तिहार लगत्तै कार्यालय संचालन गर्ने तयारी रहेको छ। गत असार महिना भित्रमै भबन निर्माण सम्पन्न गर्ने उद्देश्य रहेको भएपनी कोरोना महामरिका कारण अलि ढिला भएको हो।