काठमाडौं। नवलपुर जिल्लाको लालबन्दी नगरपालिका १ मा केन्द्रिय विधुत प्रसारण लाइन विस्तार गर्न सव स्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ।
जिल्लामा वितरण गरिएको विधुतसेवालाइ भरपर्दो र गुणस्तरिय बनाउने उदेश्यले नेपाल बिधुत प्राधिकरणले ४६ करोड भन्दा माथिको लगानिमा उक्त सव स्टेसन बनाएको हो।
कोरोनाले ढिला भएपनी अबको एक महिना भित्रमा निर्माण सम्पन्न हुन्र गरि निर्माण कम्पनीले काम गरि रहेको उक्त स्टेसनका प्रमुखले बताए।
सव स्टेसन निर्माण सम्पन्न भएपछी हरिपुर, मलङ्वाका सबस्टेसनमा विधुत सेवा प्रवाह गरिने र जिल्लामा विधुत सम्बन्धि समस्या समाधान हुने प्रमुखले बताए।
जिल्लामा उधोगधन्दा, कलकारखाना दिनप्रतिदिन खुल्ने क्रम बढेपछी विधुत क्षमता विस्तारको अवस्थालाइ मध्यनजर गर्दै जिल्लामा विशेष क्षमताको सवस्टेसनको काम भइरहेको विधुत प्राधिकरण वितरण केन्द्र लालबन्दिले जनाएको छ।