सुनसरी । नेपाल विद्युत प्राधिकरण दुहबी ग्रिड शाखामा पानी जमेको छ । दुई दिनदेखि लगातार परेको वर्षाका कारण दुहबी ग्रिड शाखामा नै पानी जमेको हो ।
पानी जमेपछि मंगलबारदेखि नै प्रदेश नम्बर एकका विभिन्न ठाउँमा विद्युत अवरुद्ध भएको छ । पानी नसुकेसम्म विद्युत प्रवाह गर्न समस्या भएको बताइएको छ ।