काठमाडौं। राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेबाट सेयर जारी गर्ने भएको छ। कम्पनीले असार २९ देखि साउन १ गतेसम्म सेयर जारी गर्ने भएको हो।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका कुल २३ लाख ६६ हजार २४० कित्ता सेयर जारी गर्न लागेको हो।
कम्पनीले यसअघि ६ लाख १२ हजार ७९३ कित्ता सेयर आयोजना प्रभावितलाई निष्काशन गरेको थियो। यसमध्ये ५ लाख ७५ हजार १७० कित्ता मात्र बिक्री भएको थियो। उब्रिएको ३७ हजार ६२३ कित्ता सेयरसहित कुल २३ लाख ६६ हजार २४० कित्ता सेयर बिक्री गर्न लागिएको हो।
यसमध्ये एक लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ७० हजार ९८८ कित्ता कर्मचारीलाई छुट्याएको छ। बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ता सेयरमा सर्वसाधारणले दावी गर्न पाउने छन्। कम्पनीको सेयरमा बढीमा २१ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ।