दोलखा। चरिकोट स्थित भीमेश्वर नगरपालिकाले दोलखाको सातदोबाटोमा सपिङ मल बनाउने भएको छ। सो ठाउँका स्थानीयलाई थप सुविधा दिने उृद्देश्यले सपिङ मल निर्माण गर्न लागिएको हो। सपिङ मल निर्माण भएमा त्यहाँ विभिन्न आवश्यक सामाग्रीहरु आउने हुँदा आवश्यक परेको सामान लिन टाडा जानु पर्ने बाँध्यता हट्ने छ। आफ्नै स्थानीय क्षेत्रमा सपिङ मल बनाउने योजनाले भीमेश्वर नगरपालिकाको मात्र नभएर दोलखा जिल्लाको नै विकासमा थप टेवा पुग्ने छ।
चरिकोट त्यहाँको बजारक्षेत्र पर्ने भएकोले त्यहाँ बस्ती पनि बाक्लै रहेको छ त्यसैले गर्दा त्यहाँ सपिङ मल निर्माण गरी खाध्धान देखि लिएर मानिसलाई आवश्यक पर्ने उपभोग्य बस्तुहरु राख्दा मल राम्रैसँग चल्ने अपेक्षाको साथ मल निर्माण गर्ने योजना बनाइएको हो। भिमेश्वर नगरपालिकाको कार्यलयले १८ करोड भन्दा बढी लागतमा सो सपिङ मल निर्माण गर्ने भएको हो। मल निर्माणको लागि बजेट विनियोजन गरीसकेको छ। त्यस्तै मल निर्माण गर्नको लागि उल्लेखित बजेटमा ठेक्का आह्वान गरीसकेको छ। ठेक्का लागे लगत्तै सो सपिङ मल निर्माण कार्य अगाडी बढाउने नगरपालिकाले जानकारी गराएको छ। सपिङ मल निर्माण हुने कुराले चरिकोटका स्थानीबासीहरुमा खुसि छाएको छ।