काठमाडौं। चावहिलमा रहेको गोपीकृष्ण हल भत्काउन सुरु गरिएको छ। अन्य हलहरुको तुलनामा बाक्लो भिड हुने उक्त हल अब पहिलेको अवस्थामा नरहने भएको छ।
उक्त हलका संचालकले तीन दिन अगाडी देखि हल भत्काउने काम सुरु गरिसकेका छन्। अब आउने दिनमा दर्शनकले चलचित्र हेर्नको लागि ओम, नम र शिवाय: हलमा मात्र पाउने भएका छन्। हल रहेको उक्त स्थानमा नयाँ भवन बन्दै छ। जहाँ २ तल्ला पार्किङ, ४/५ तला सपिङ सेन्टर, लज, रेस्टुरेन्ट बनाउने योजना बनाएको उक्त हलका म्यानेजरले बताए।