काठमाडौं। सरकारले बेमौसमि रुपमा निरन्तर रुपमा आएको बाढी पहिरोबाट घर भत्केकाहरुको घर पुनःनिर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
त्यस्तै बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्रीले जानकारी दिएका हुन्।
घर निर्माणका लाथि जग्गाको अभाव हुनेहरुका लागि थप ३ लाख पनि उपलब्ध गराउने घोषना पनि गरेको छ। यस्तै साहि बैठकमा विपद् व्यवस्थापन समितिको तर्फबाट बाढीबाट घरबारबिहीन भएकाहरुलाई तत्काल ५० लाख उपलब्ध गराउने निर्णयसमेत भएको छ।