सुर्खेत। कर्णाली प्रदेश अन्तर्गतको वीरेन्द्र नगरपालिकाको कार्यलयले नगरपालिकाको प्रशासकिय भवन निर्माण गर्ने भएको छ। विरेन्द्र नगरपालिकाको वडा नं. ८ मा सो भवन निर्माण गर्न लागिएको हो। नगरपालिकाको आफ्नै प्रशासकिय भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो। भवन अभावमा स्थानीय तहमा विषयगत शाखा र अन्य प्रशासकीय कामका लागि समस्या हुँदै आएको हो। प्रशासकिय भवन नहुँदा सेवा प्रदायक र सेवाग्राही दुबैलाई समस्या हुँद्यै आएको कारणले गर्दा सो भवन निर्माणको योजनालाई अगाडी बढाइएको हो।
वीरेन्द्र नगरपालिकाले ११ करोड भन्दा बढी लागतमा प्रशासनिक भवन निर्माण गर्ने भएको हो। सो रकममा नगरपालिकाले श्री खड्का निर्माण सेवालाई ठेक्का दिइसकेको छ जानकारी दिएको छ। सो निर्माण कम्पनीले उल्लेखित रकममा तोकिएको समयमा काम सक्ने गरी भवन निर्माणको जिम्मेवारी लिएको छ। अव छिट्टै निर्माण प्रक्रियालाई अगाडी बढाउने कुरा निर्माण कम्पनीले जानकारी गराएको छ। एक पटक भवन निर्माण गरेपछि वर्षौंसम्मलाई सहज हुने भएकाले स्थानीय तहले प्रशासकीय भवन निर्माणमा प्राथमिकता दिएको हो। प्रशासकिय भवन निर्माण हुने कुराले स्थानीयवासीमा खुसी छाएको छ।