चितवन। चितवनको भरतपुर महानगरपालिकाले सोहि नगरवासीको स्वास्थ्य सेवामा अझ बढी पहुँच पुर्याउने उद्देश्यले नगरपालिकाको २९ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र तथा दुई स्थानमा आयुर्वेदिक औषधालय निर्माण पश्चात संचालनमा ल्याएको छ।
सो महानगरपालिकाले ६५ लाखको लागतमा देवघाटमा पनि आयुर्वेदिक अस्पताल निर्माण गर्ने भएको छ। सो आयूवेर्दिक भवनको बिहीबार भरतपुर महानगरपालिकाका प्रमुखले शिलान्यास गरेकी छिन्। उनले ९ कोठे आर सिसी भवनको शिलान्यास गर्दै चितवन मेडिकल सिटीको रूपमा विकास हुँदै गएकाले विशेषज्ञ सेवा तर्फ विशेष ध्यान दिन आग्रह गरेकी छिन्।
त्यस्तै भरतपुरमा अवस्थित कोहीपनि नगरवासी आधारभूत स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ हरेक क्षेत्रमा स्वास्थ्य केन्द्र र औषधालयहरूको निर्माण र विस्तारमा जोड दिएको हो। आयुर्वेदिक चिकित्सा पद्धती पुरानो र महत्वपूर्ण रहेको हुनाले वडा न १४ शिवनगरमा ५० सैयाको आयुर्वेदिक अस्पताल स्थापना गरी संचालनमा ल्याइएको महानगरपालिकाका प्रमुखले बताएकाी छिन्।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशकले देवघाट क्षेत्रमा निर्माणाधिन आयुर्वेदिक औषधालयले सो क्षेत्रमा आउने धार्मिक पर्यटकलाई तथा स्थानिय नागरिकहरूलाई आयुर्वेदिक उपचारमा सहयोग पुग्ने बताएका छन्।