खोटाङ। प्रदेश नं. १ अन्तर्गत खोटाङ जिल्लाको बाक्सिला अन्तर्गत केपिलासगढी गाउँपालिकाले १५ शैंयाको अस्पताल निर्माण गर्ने भएको छ। उक्त ठाउँको स्थानीयबासीहरुको स्वास्थयलाई प्राथमिकतामा राख्दै सो अस्पताल सनिर्माण गर्न लागिएको हो। पहाडी भेगमा पर्ने भएको कारण खोटाङ जिल्ला विकट ठाउँ पनि हो। त्यसैले त्यहाँ विभिन्न सेवा तथा सुविधाहरुको पहुँच कम नै हुने गर्दछ। अत्यधिक ठाउँहरुमा अस्पतालको पहुँच नहुँदा अकालमा नै ज्यान जाने समस्या त्यहाँको कुनै नौलो समस्या हैन।
पछिल्लो समयमा सो जिल्लामा पहिलेको तुलनामा केहि मात्रामा विकासका पूर्वाधारहरुको पहुँच बढ्दै गउको छ। यसै क्रममा बाक्सीलाको केपिलासगढी गाउँपालिकाले पनि अरुपताल भवन निर्माण गर्ने भएको हो। उक्त गाउँपालिकामा स्वस्थ्उ चौकी पनि नहुँदा स्थानीयहरुले धेरै समस्या भोग्दे आइरहेको बेला अस्पताल निर्माण हुनु भनेको सुनमा सुगन्ध छर्किनु जस्तै हो। अस्पताल निर्माणको कुराले स्थानीयबासीहरुमा आशा पलाएको छ।
केपिलासगढी गाउँपालिकाले १२ करोड भन्दला बढी लागतमा सो अस्पताल भवन निर्माण गर्न लागिएको हो। गाउँपालिकाले विवश इन्टर्नेशनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि लाई अस्पताल भवन निर्माणको लागि ठेक्का पनि दिइसकेको जानकारी दिएको छ। छिट्टै अस्पताल भवन निर्माण गरी आफ्नै स्थानीय क्षेत्रमा नै स्वस्थ्यमा गुणस्तरीय सेवा प्रदान गर्ने गाउँपालिकाको उद्देश्य रहेको छ। सो अस्पताल भवन निर्माण भएपछि पालिकावासी कसैले पनि स्वस्थ्य सेवावाट वञ्चित हुनु नपर्ने कुरामा गाउँपालिकाको दावि रहेको छ। अस्पताल निर्माण हुने कु्राले स्थानीवासीहरु खुसि हुनुको साथै समयमा नै उपचार पाउँने कुरामा विश्वस्त रहेका छन्।