चितवन । भरतपुर महानगरपालिका–१ देवघाटमा आयुर्वेदिक अस्पताल निर्माणका लागि शिलान्यास भएको छ । देवघाटमा ९ कोठे भवनसहितको अस्पताल निर्माणका लागि बिहीबार महानगर प्रमुख रेनु दाहालले शिलान्यास गरेकी हुन् ।
भवनको शिलान्यास गर्दै प्रमुख दाहालले चितवन मेडिकल सिटीको रूपमा विकास हुँदै गएकाले विशेषज्ञ सेवातर्फ विशेष ध्यान दिन आग्रह गरिन् । उनले हरेक वडामा स्वास्थ्य केन्द्र र औषधालय निर्माण र विस्तारमा जोड दिने बताइन् ।
आयुर्वेदिक चिकित्सा पद्धति पुरानो र महत्वपूर्ण रहेको बताउँदै यस ५० शैयाको आयुर्वेदिक अस्पपताल सञ्चालनमा ल्याईएको प्रमुख दाहालले बताइन् ।
उनले यस अस्पताललाई प्रदेश सरकारसंग समन्वय गरेर १ सय शैयामा स्तरवृद्धि गर्ने प्रकृया अघि बढाईएको समेत जानकारी दिइन् ।