काठमाडौं। जगदम्बा सिमेन्टले नेपाल प्रहरीसंग अन्तक्रिया कार्यक्रम गरेको छ। निर्माण एक्स्पेर्टहरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने कुरालाई मनन गर्दै जगदम्बा सिमेन्टले अन्तक्रिया कार्यक्रम गरेको हो ।
जगदम्बाले नेपाल प्रहरी प्रधान कार्यालयको समन्वयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी जनशक्तिलाई २० कार्य दिनको निर्माण प्रविधि तालिम अवधिमा आवश्यक पर्ने सिमेन्ट र यसको सहि प्रयोग गर्ने कार्य विधि र सहि निर्माण मापदण्ड सम्बन्धी विभिन्न सिप र ज्ञान यस जगदम्बा सिमेन्टका प्राविधिकद्धारा अभिमुखिकरण तालिम स्वरुप प्रदान गरेको छ।
कार्यक्रममा कम्पनीका उप–महाप्रबन्धक सुनिल पौड्याले जगदम्बा सिमेन्टका उद्योगहरु, प्रकार, ब्राण्डहरु, उत्पादन क्षमता, गुणस्तरबारे संक्षिप्त जानकारी दिए । साथै संरचनाहरु भूकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामग्रीको सहि प्रयोग र संरचना निर्माण कार्यहरुमा विशेष ध्यान दिनुपर्ने जानकारी श्रव्य दृश्यद्धारा प्रस्तुत गरिएको छ ।