धनकुटा। धनकुटास्थित रहेको जिल्ला अस्पताललाई स्तरोन्नति गरिने भएको छ। धनकुटा अस्पताल सञ्चालनमा आएको एक शताब्दीपछि सो अस्पतालको स्तरोन्नति गर्न लागिएको हो।
१५ शय्या रहेको सो अस्पतालमाा त्रिचन्द्र अस्पतालका नामबाट सेवा सुरु गरीएको थियो। अहिले सो अस्पतालको धनकुटा अस्पताललाई राखिएको छ। १५ शय्याको क्षमतालमा बिरामिहरुलाई सेवा प्रदान गर्न गाह्रो भएपछि सो अस्पताललाई १ सय शय्या क्षमताको बनाइने भएको हो। पुरानो अस्पतालको भवन साँगुरो भएको कारण थप स्तरीय र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ नयाँ अस्पताल भवन निर्माण गर्न लागिएको हो।
प्रदेश १ का मुख्यमन्त्रीले गत मंगलबार अस्पतालको शिलान्यास गरेका हुन्। उनले १५ शय्या क्षमतामा सञ्चालित पुरानो जिल्ला अस्पताल स्तरोन्नति गरेर १ सय शय्याको बनाइने बताएका छन्।
यसैविच उनले स्तरोन्नतिका लागि बजेट, पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन गर्दै धनकुटालाई शिक्षण अस्पतालको रूपमा रुपान्तरण गर्ने प्रतिवद्धता पनि जनाएका छन्।