ताप्लेजुङ। ताप्लेजुङको जिल्ला अस्पतालको स्तरोन्नति कार्य सुरु भएको छ। १५ शय्या रहेको सो अस्पतालको ५० शय्यामा स्तरोन्नति गर्ने कार्य सुरु गरिएको हो। स्वस्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै जिल्ला अस्पतालको स्तरोन्नतीको योजनालाई अगाडी बढाइएको हो।
प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्रीले जिल्ला अस्पतालमा सोमबार आयोजित कार्यक्रममा स्तरोन्नति कार्यको शुभारम्भ गरेका हुन्। त्यस्तै प्रत्येक स्थानीय तहमा चिकित्सकको दरबन्दीसहितको संरचना र आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गर्न सरकार लागिपरेको उनले जानकारी गराएका छन्।
जटिल रोगका लागि मात्र जिल्ला बाहिर उपचारका लागि पठाउनका लागि आवश्यक उपकरण र थप दक्षजनशक्ति प्रदेश सरकारको समन्वय एक महिनाभित्र जिल्ला अस्पतालमा उपलब्ध गराउने पनि सामाजिक विकासमन्त्रीले प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै विगतमा १५ शय्या अस्पताल हँुदा बिरामीको भुइँमै राखेर उपचार गर्दै आएको जिल्ला अस्पतालले जनाएको छ।
पुरानो त्यहिमाथि १५ शय्या मात्र हुँदा विरामीको चाप बढ्ने तर उपचारको लागि शय्या अभाव हुने समस्यालाई हटाउने उद्देश्यका साथ सो अस्पतालको स्तरोन्नती गर्न लागिएको हो। तर अब ५० श्यामा भएमा जिल्लामै नागरिकले सहज उपचार पाउने विश्वास रहेको छ। जिल्ला भरिकै नागरीकहरुलाई गुण्नस्तरी सेवा साथै समयमा नै उपचार दिने उद्देश्यले सो योजना थालिएको हो।