धनुषा । बटेश्वर गाउँपालिका–५, बटेश्वरमा अत्याधुनिक राइस मिल निर्माण हुने भएको छ । १० विघा जमिनमा ६० करोड रुपैयाँ लागतमा अत्याधुनिक राइस मिल निर्माण हुने भएको हो ।
मिथिला नगरपालिका ढल्केवरका युवा उद्यमी मनोजकुमार साह, नितिस साह र निखिल साहले बुधबार संयुक्तरुपमा मिलको शिलान्यास गरेका हुन्। यस राइसमिलबाट दैनिक दुई सय टन चामल उत्पादन गर्न सक्ने क्षमताको हुने बताइएको छ ।
आउँदो असार महिनासम्म राइस मिल सञ्चालनमा आइसक्नेछ । मिलमा कुटान र पेलानीको कामलगायत धान खरिद समेत गर्ने बताइएको छ ।