काठमाडौं। मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ। कम्पनीले गत असार १ गतेदेखि निष्कासन गरेको आइपीओ बुधबार बाँडफाँट गरेको हो।
कम्पनीले आज सूचना जारी गर्दै आइपीओ बाँडफाँट गरेको जानकारी दिएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि असार १ गतेदेखि २२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।
स्थानीयमा जारी पूँजी रू। ५८ करोड ८० लाख ३६ हजार ९०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर रू १०० अंकित मूल्यका ५ लाख ८८ हजार ३७ कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।
आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको थियो ।