काठमाडौं। ‘सिजी हिल्स प्रिमियम भैँसेपाटी’ हाउजिङ परियोजना शुरु भएको छ । चौधरी ग्रुप अन्तर्गतको सिजी डेभलपर्सले भैँसेपाटीमा ६० वटा लक्जरियस घरहरू निर्माण शुरु गरेको हो।
सिजी डेभलपर्सले आवासका लागि आकर्षक रमणीय ठाउँ, विशेष सुरक्षा प्रबन्ध, फराकिलो सडक लगायतका भौतिक संरचना र भिआईपीहरूको जमघट हुने स्थानमा सिजीसँग जोडिदै आएका उपभोक्ताहरूलाई विशेष सेवा पुर्याउन हाउजिङ परियोजना शुरु गरेको हो।
यस परियोजनामा चार प्रकारका घरहरू निर्माण हुनेछन्। करिब २७ सय वर्गफिटदेखि ३७ सय वर्गफिटसम्ममा फैलिने घरहरू साढे दुई तलादेखि साढे तीन तलासम्मका रहने बताइएको छ ।
यी घरहरू ४ आनादेखि १० आना जग्गाको क्षेत्रफलमा विकास हुनेछन्। नेपालको हाउजिङ इतिहासमा यस परियोजनामा अत्याधुनिक इन्जिनियरिङको प्रत्यक्ष अनुभव गर्न पाईनेछ।