काठमाडौं। सगरमाथा जलविद्युत कम्पनीको दोस्रो वार्षिक साधारणसभा साउन २५ गते हुने भएको छ। कम्पनीको साउन २ गते बसेको बैठकले आगामी साउन २५ गते साधारणसभा गर्ने निर्णय गरेको हो।
साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय अनामनगरमा बिहान ९ः३० बजे हुने कम्पनीले जानकारी गराएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले आ.व २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरणहरु छलफल गरी पारित गर्ने, आव २०७९/०८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने जस्ता छलफलहरु पारित गर्नुका साथै अन्य छलफलहरु रहेका छन् ।